दफा १४
विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउन सकिने

कसैले कुनै विषयमा प्रचार प्रसार गरी आम जनतामा विज्ञापन प्रसारण गराउन चाहेमा त्यस्तो व्यक्ति, संस्था वा निकायबाट तोकिएको दस्तूर लिई विज्ञापन प्रसारण गराउने समय उपलब्ध गराउन सकिनेछ ।
तर जनस्वास्थ्यलाई हानि पु¥याउने धुम्रपान तथा मदिरा जस्ता पदार्थहरूको विज्ञापन प्रसारणलाई निरुत्साहित गरिनेछ ।